५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

एउटै त्रैमासमा पाँच पटक राष्ट्र बैंकको कार्वाहीमा नारायणी डेभलपमेन्ट बैंक, कति तिर्यो जरिवाना ?

१५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई एउटै त्रैमासमा पाँच पटकसम्म कार्वाही गरेको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागबाट गैरस्थलगत सुपरिवेक्षणका आधारमा नारायणी डेभलपमेन्ट बैंकलाई चौथो त्रैमासमा अनिवार्य नगद मौज्दात अनुपात कायम नगरेको पाँच पटक कार्वाही गरिएको हो ।

केन्द्रीय बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई चौंथौ पटकमा रू ६६,०५३।७६, पाँचौं पटकमा रू ३३७।१६, छैटौं पटकमा रू ४२,१२६।१४, सातौं पटकमा रू ५३,०२८।५९ र आठौं पटकमा रू २,४७८।८१ गरी १ लाख ६४ हजार २४।४५ रुपैयाँ नगद जरिवाना गरेको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १४:५२