८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नबिल बैंकले इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्डमार्फत् कर्जा सुविधा दिने

१४ कात्तिक, काठमाडाैं ।  नबिल बैंकले इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्डमार्फत् कर्जा सुविधा दिने भएको छ । नबिल बैंक र ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा लि बीच उक्त सुविधा सम्बन्धि सम्झौता भएकाे छ । कम्पनीले ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिसँग सहकार्य गर्दै एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकलाई क्रेडिट कार्डमार्फत् कर्जा सुविधा सुनिश्चित गरेको हो ।

सम्झौताअनुसार कम्पनीका ग्राहकले आवश्यक कागजातसहित एफडी मोटर्सको सोरुममा गएर क्रेडिट कार्डमार्फत् किस्ता तिरेर इलेक्ट्रिक स्कुटर खरिद गर्न सक्नेछन् । एफडी मोटर्सले हाल दुई वटा मोडेलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ ।

एफ फाइबको मूल्य २ लाख ६१ हजार ९९९ रुपैयाँ छ भने एफ फाइब एको मूल्य २ लाख ९७ हजार ९९९ रुपैयाँ छ । ग्रन्थ ईभीले चाँडै एफ फाइब प्रो र एफ फाइब ए प्रो पनि बजारमा ल्याउन लागेको बताएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार १३:४६