२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

नेकपा एसका सल्लाहकार गुरुङसहित ८४ जना नेता-कार्यकर्ता एमालेमा प्रवेश, ओलीले गरे स्वागत

१३ कात्तिक, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषदका सदस्य दलबहादुर गुरुङ नेकपा एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गरेका गुरुङलाई एमाले गण्डकी विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

सोही कार्यक्रममा नेकपा एसका कास्की जिल्ला सचिवालय सदस्य पदम गुरुङ, बाबुराम भण्डारी, युवा संघ कास्कीका अध्यक्ष असिम गुरुङलगायत विभिन्न पार्टीका ८४ जना कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

प्रकाशित मिति : October 30, 2023 at 6:30 pm