१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

मुगुमा एकै परिवारका ४ जना मृत भेटिए, हत्याको आशंका

१० कात्तिक, काठमाडाैं । मुगुमा एकै परिवारका ४ जनाको शव फेला परेको छ । छाँयानाथरारा नगरपालिका वडा नम्बर ६ मन्दकी श्रीदेवी बोहरा र उनका ३ जना छोराछोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए ।

मृत्यु हुनेहरूमा २८ वर्षकी श्रीदेवी, उनका ११ वर्षका छोरा मनोज, ८ वर्षकी छोरी अप्सरा र ८ महिनाका छोरा रहरको शव फेला परेको हो । श्री देवीका श्रीमान् दिपक बोहरा भने वैदेशिक रोजगारीका लागि कतारमा रहेका छन् । डिएसपी थापाले हत्याको आशंका रहेको र थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार १५:३३