८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

यूएईविरुद्ध कुशल भुर्तेलको अर्धशतक

१० कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको फाइनल खेलमा कुशल भुर्तेलले यूएईविरुद्ध अर्धशतक बनाएका छन् । युएईविरूद्ध कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको फाइनल खेलमा कुशल भुर्तेलले २८ बलमा अर्धशतक पूरा गरेका हुन्। भुर्तेलले अर्धशतक पूरा गर्ने क्रममा ६ चौका र ३ छक्का प्रहार गरे।

अर्धशतक प्रहार गरे लगत्तै उनी आउट भए। उनी आउट हुँदा नेपालले ७.३ ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार १२:०१