२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

सांग्रिला डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

३ कात्तिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले आर्थिक वर्ष २०७९/८०का लागि हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश गरी कूल ५.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : October 20, 2023 at 3:29 pm