२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

१६ अर्ब ४९ करोड ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, बोलकबोल आज

३ कात्तिक, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले साढे १६ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले कात्तिक १० गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १६ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो।

राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। यो ट्रेजरी बिल मंसिर ५ गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनका लागि ४९ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। यो ट्रेजरी बिल माघ ९ गते परिपक्व हुनेछ । १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। यो ट्रेजरी बिल २०८१ वैशाख ११ गते परिपक्व हुनेछ । साथै, राष्ट्र बैंकले ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। यो ट्रेजरी बिल २०८१ कात्तिक ६ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलको आज दिउँसो १२ः३० बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रकाशित मिति : October 20, 2023 at 11:48 am