देउसी खेल्न हिडेकी ३८ वर्षीया कल्पना ओलीको माइक्रोबसको ठक्करबाट मृत्यु
२० कात्तिक, काठमाडाैँ । देउसी खेल्न हिडेकी एक जना महिलाको माइक्रोबसको ठक्करबाट मृत्यु भएको छ । देउसी खेल्न गएको बेला माइक्रोबसले ठक्कर दिँदा सल्यान बागचौर नगरपालिका–१२ कि ३८ वर्षीया कल्पना ओलीको ज्यान गएको हो । प्रहरीका अनुसार नेपालगञ्जबाट रुकुम पश्चिमको मुसिकोट नगरपालिकातर्फ जाँदै गरेको भे १ ज १००० नम्बरको माइक्रोबसले ठक्कर दिँदा सल्यान बागचौर नगरपालिका–१२ कि ३८ वर्षीया कल्पना ओलीको ज्यान गएको हो ।

ओलीसहितको टोली देउसीभैलो खेल्दै रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाको झुल्नेटा बजारतर्फ जाँदै गरेका थिए । सल्यान र रुकुम पश्चिमको सीमाना खौला बजारमा गाडीले ठक्कर दिँदा ओलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । ठक्करबाट त्यसै ठाउँकी २८ वर्षीया दुर्गा केसी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २० कार्तिक २०७५, मंगलवार १८:४९












