८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

हङकङले नेपाललाई दियो ९५ रनको लक्ष्य

२ कात्तिक, काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा हङकङले नेपाललाई जितका लागि ९५ रनको लक्ष्य दिएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटियो ।

हङकङका लागि यासिम मुर्ताजा सर्वाधिक ३६ बनाए । त्यस्तै जिशन अलीले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । हङकङलाई ९४ रनमा समेट्ने क्रममा नेपालका करण केसीले चार विकेट लिए भने, अविनाश बोहरा र सोमपाल कामीले समान दुई/दुई विकेट लिए ।

कुशल मल्ल र श्याम ढकाल (मौसम)ले समान एक/एक विकेट लिए । हिजो भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार १२:५१