१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

घुस खाएर दशैँ विगारेका टोखा नगरपालिकाका कार्यकारी सुवेदीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

२० कात्तिक, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सुवेदी दशैँको मुखमा घुस खाँदाखाँदै रंगेहात पक्राउ परेका थिए ।

पूर्वाधार विकास योजनाअन्तर्गत नव सिर्जना टोल सुधार उपभोक्ता समाजलाई बाटो ढलानका लागि छुट्याएको रकमको अन्तिम बिल भुक्तानी गरी दिने प्रयोजनका लागि सुवेदीले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ । आरोपी सुवेदीलाई विगोबमोजिमको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० कार्तिक २०७५, मंगलवार १८:१७