स्वावलम्बन लघुवित्तकाे लाभांश घोषणा, बोनस र नगद कति ?
१ कात्तिक, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।
कम्पनीले आफ्ना सेयरधनीहरुलाई १२.३५९९ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करका लागि ०.६५०५ प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १२:०२












