२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, विदेशबाट रेमिटेन्स पठाउनेलाई फाइदा

३० असोज, काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विदुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असोज ३० गते मंगलबार एक अमेरिकी डलरको विनिमय दर १३३ रुपैयाँ ५५ पैसा पुगेको छ। यो हालसम्मकै महँगो हो। यसअघि यही गत असोज ७ गते भने डलरको विनिमय दर १३३ रुपैयाँ ५४ पैसा पुगेको थियो ।

सोमबार डलरको भाउ १३३ रुपैयाँ ५३ पैसा थियो। मंगलबार २ पैसाले बढेर डलरको भाउले नयाँ रेकर्ड बनाएको हो। अब एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ५५ पैसा खर्च गर्नुपर्ने भएको छ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको छ।भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुने छ। नेपाललगायत आयातमुखी अर्थतन्त्र भएका देशहरुलाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।

प्रकाशित मिति : October 17, 2023 at 11:26 am