३० चैत्र २०८२, सोमबार | Tue Apr 14 2026

पार्टी एकताको काम अन्तिम चरणमाः महासचिव पाैडेल

२० कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का महासचिव विष्णु पौडेलले पार्टी एकताको काम अन्तिम चरणमा पुगिसकेको दावी गरेका छन् । नेकपा काभ्रेले गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महासचिव पौडेलले सबै तहको एकता अगामी मंसिरभित्र सकिने बताए । उनले भने ‘सबै तहको पार्टी एकता अगामी मंसिरभित्र सकिन्छ, अब पार्टी एकताको विषयले धेरै चर्चा पाउनु पर्दैन जस्तो मलाइ लाग्छ ।’

महासचिव पाैडेलले सरकारले थोरै अवधिमा धेरै उपलब्धिमुलक काम गरेको दाबी पनि गरे । ‘सरकारको काम सन्तोषजनक छ, तर गति चाही बढाउनु पर्छ, कसैले कता कता हल्ला गरे जस्तो सरकार अयोग्य र गतिविहीन भने होइन्,’ उनले भने । सरकारले अब झन गतिमा सबै तहबाट काम र विकास लिएर अगाडि बढ्छ,’ महासचिव पौडेलले अघि भने, ‘जनताका लागि निर्वाचित प्रतिनिधिहरुले जनभावना अनुसार अगाडि बढ्नु पर्छ ।’

प्रकाशित मिति : 17:33