पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न बैंकहरुलाई समय थप
२९ असोज, काठमाडैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण सार्वजनिक गर्ने म्याद थप गरेको छ । बैंक तथा वित्तीय संस्थाले कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्ने गरी राष्ट्र बैंकले समय थप गरेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समयमा दसैं बिदा परेकाले समय थप गरिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले त्रैमास सकिएको १५ दिनभित्र अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यबस्था भएपनि यसपाली दसैँको बिदा परेकाले समय थप भएको हो ।
नेपाल राष्ट्र बैंकले यस अगाडि ‘क’ ‘ख’ ’ग’ वर्गका लागि जारी गरेको एकीकृत निर्देशनमा त्रैमासिक अवधि सकिएको १५ दिनभित्रमा वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यबस्था थियो।
प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार १३:४८












