३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

दसैँका लागि आजदेखि नयाँ नोट सटही सुविधा, कहाँ–कहाँबाट साट्न पाइन्छ ?

२९ असोज, काठमाडौं । दसैँको लागि आज असोज २९ गतेदेखि  नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोटको सहटी सुविधा उपलब्ध हुने जानकारी गराएको हो। गत वर्ष घटस्थापनाको एक साताअघिबाटै नयाँ नोट साट्ने सुविधा राष्ट्र बैंकले गरेको थियो। यसपालि भने राष्ट्र बैंकले केही ढिला गरी नयाँ नोट साट्ने सुविधा गरेको हो।

काठमाडौं उपत्यकाभित्र नेपाल राष्ट्र बैंकको मुद्र व्यवस्थापन विभाग र बैंक तथा वित्तीय संस्थाबाट सर्वसाधारणले नोट साट्न सक्नेछन् । उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको कार्यालयमार्फ नयाँ नोट सटही सुविधा पाइने केन्द्रीय बैंकले जनाएको छ ।

यसपालि पनि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्ने सुविधा प्रदान गरिएको छ। जसअनुसार एक व्यक्तिले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका १–१ बन्डल नयाँ नोट साट्न पाउनेछन्।

प्रकाशित मिति : October 16, 2023 at 9:29 am