बैंकिङ कसुरमा पक्राउ परेका काठमाडाैँ नेपालटारका रविन्द्र ढुंगानाको रहस्यमय मृत्यु
१९ कात्तिक, काठमाडाैँ । बैंकिङ कसुरमा पक्राउ परेका काठमाडाैँ नेपालटारका रविन्द्र ढुंगानाको रहस्यमय मृत्यु भएको छ । काठमाडौं प्रहरी परिसरको पत्रअनुसार बालाजु वृत्तले पक्राउ गरेका संखुवासभा घर भइ नेपालटार बस्ने ४८ वर्षीय रविन्द्र ढुंगानाको सोमबार रहस्यमय मृत्यु भएको उनको परिवारले जनाएको छ ।
सुरेन्द्र कार्कीको जोहरीमा ५ लाख रुपैयाँको बाउन्स चेक सम्बन्धी घटनामा ढुंगानालाई परिसर झिकाएर प्रहरीले आइतबार सोधपुछ गरेको थियो । अाइतबार राति हिरासतमै राखिएको ढुंगानाको सोमबार बिहान बिरामी भएपछि वीर अस्पताल लगिएकोमा उनको त्यही मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको परिवारले भने रविन्द्रको मृत्यु असामान्य भएको भन्दै शब बुझ्न मानेका छैनन् । उनीहरूले रविन्द्रको मृत्यु रहस्यमय भएको भन्दै सत्य, तथ्य सार्वजनिक गर्न माग गरेका छन् ।
प्रकाशित मिति : 18:51









