१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

बर्दियामा भैंसी व्यापारीको गोली हानी हत्या, शंकास्पद ४ जना पक्राउ

१९ कात्तिक, बर्दिया । प्रहरीले बर्दियाका व्यापारी मोहन खटिकको गोली हानी हत्या भएको पुष्टि गरेको छ। केहीबेरअघि गरिएको पोस्टमार्टम  रिपोर्टले  उनको गोली हानेरै हत्या गरेको देखाएको छ । उनको कोखमा गोली नै प्रहार गरिएको प्रहरीले पुष्टि गरेको छ ।

घटना भएको थाहा पाउनासाथ प्रहरीले नेपालगन्जबाट तालिमप्राप्त कुकुर मगाएर स्न्याफिङ गराइसकेको छ। कुकुरले झन्डै डेढ किलोमिटरसम्म गएर केही संकेत गरेको एसपी मैनालीले जानकारी दिए। कुकुरले दिएको संकेत र प्रहरीको अनुस्न्धानबाट शंकास्पद देखिएका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्इ जनाको समूहमा अाएको मानिसले उनलार्इ गोली हानेर भागेको बुझिएको छ ।

बढैयाताल गाउँपालिका–३ गोबरियापुरका भैंसी व्यापारी ३५ वर्षीय खटिकको गएराति १ बजेतिर हत्या भएको बर्दियाका एसपी सुरेन्द्रप्रसाद मैनालीले बताए। गम्भीर घाइते उनलाई उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो।

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार १४:२१