११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

हत्यारा पत्ता नलागे अामरण अनसन बस्ने निर्मलाका बुबा यज्ञराजको घोषणा

१९ कात्तिक, कञ्चनपुर । बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तले हत्यारा पत्ता नलगाइए परिवारसहित जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बस्ने बताएका छन् । निर्मलाको हत्या भएको १०२ दिनपछि अाइतबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उनले तिहारसम्म हत्यारा सार्वजनिक नगरे कात्तिक २५ गतेदेखि धर्नामा बस्ने बताएका हुन ।

वास्तविक हत्यारा पत्ता लगाई सरकारले न्याय दिनुपर्छ उनले भने “धर्ना बसेर पनि न्याय नपाइए आमरण अनशन बस्छु ।” सबैको सहयोग यसअघि पनि पाएको उल्लेख गर्दै उनले अझै सहयोगको आशा रहेको बताए ।

तत्काल वास्तविक दोषी पत्ता लगाउनुपर्ने उनको माग रहेको छ । विभिन्न अनुसन्धान टोली गठन गरी छानबिन शुरु गरिए पनि अहिलेसम्म वास्तविक दोषी पत्ता लाग्न सकेको छैन । साथीलाई भेट्न गएकी निर्मलाको गत साउन १० उखुबारीमा शव फेला परेको थियो ।

प्रकाशित मिति : November 5, 2018 at 1:18 pm