८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

१४० रुपैयाँमै शाइन रेसुङ्गा बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउँछन् ?

१८ असाेज, काठमाडौं । शाइन रेसुङ्गा विकास बैंक लिमिटेडले सेयर बिक्रीमा राखेकाे छ । बैंकले प्रुडेन्सिययल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि को स्वामित्वमा रहेको २ लाख ४ हजार ५३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेकाे हाे ।

बिक्रीमा राखिएकाे सेयरकाे मूल्य प्रतिकित्ता १४० रुपैयाँ ताेकिएकाे छ ।  यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ। बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित मिति (असोज १८) ले ३५ दिनभित्र  आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय, बुटवल ११ कालिकानगर, रुपन्देहीमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट उक्त सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार १३:५५