४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

१८ असाेज, काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनीको आज असोज १८ गतेबाट सेयर बिक्रीमा राखेकाे छ । विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको सेयरको न्यूनत मूल्य प्रतिकित्ता २८५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ता सेयर खरिदका लागि असोज २६ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाडाैंकाे थापाथलीस्थित कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : October 5, 2023 at 9:20 am