१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

तुलाधरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

१९ कात्तिक, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गरेकी छिन ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै तुलाधरले राष्ट्रका लागि पुर्याउनुभएको महत्वपूर्ण योगदान राष्ट्रले सदा स्मरण गरिरहने उल्लेख गरेकीछिन । मानवअधिकारवादी अभियन्ता तुलाधरको आइतबार दिउँसो उपचारका क्रममा नर्भिक अस्पताल काठमाडौंमा निधन भएको थियो ।

तुलाधारको शव श्रद्धाञ्जलीका लागि लाजिम्पाटको निजी निवासमा राखिएको छ । १ बजेसम्म निवासमै राखिने र त्यसपछि शोभाभगवतीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार ०८:४४