८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

क्रिकेटकाे क्वार्टरफाइनलमा नेपालले भारतसँग खेल्ने

१५ असोज, हान्झाउ । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । सोमबार भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।

  एक महिनाअघि एसिया कप क्रिकेट पहिलाे पटक भारतसँग ओडीआई खेलेकाे नेपालले एसियन गेम्समा भारतसँग पहिलाे पटक टी-२० आई खेल्ने भएकाे हाे ।

नेपाल र भारतको खेल मंगलबार बिहान चीनको समय अनुसार बिहान ९ बजे सुरु हुने छ । अरू क्वार्टरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाले खेल्ने छन् ।

भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश विश्वकप क्रिकेटको तयारीमा छन् । त्यसैले उनीहरुले एसियाली खेलकुदमा दोस्रो श्रेणीको टिमलाई पठाएका छन् । समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै नेपाल क्वार्टर फाइनलमा पुगेको हो ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार १०:५७