९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

रेफ्रीसँग विवाद गरेपछि विराटनगर टाइटन्सका क्याप्टेन सन्दीप लामिछाने कारवाहीमा

१८ कात्तिक, पोखरा । कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत शनिवारको खेलमा रेफ्रीसँग विवाद गरेपछि विराटनगर टाइटन्सका क्याप्टेन सन्दीप लामिछानेलाई कारवाही गरिएको छ।

शनिवार चितवन राइनोजसँगको खेलमा गलत निर्णय गरेको भन्दै सन्दीपले रेफ्री सञ्जय सिग्देलसँग विवाद गरेका थिए। विवाद गरेपछि म्याच रेफ्री सत्यजित सरकारले कारवाहीसहित डि–मेरिट अंक दिएका थिए।

फाइल फोटो ।

खेलको दोस्रो इनिंगको चौथो ओभरको अन्तिम बल लिएर आएका टाइटन्सका बलर किशोर महतोको बललाई नोबल घोषणा गरेपछि सन्दिपले त्यसको विरोधमा अन्फिल्ड अम्पायर सिग्देलसंग विवाद गरेका थिए।

प्रकाशित मिति : November 4, 2018 at 1:07 pm