१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

एमाले बागमती अधिवशेनः कृष्ण र कैलाशले मतदान गरे, साँझसम्ममा नतिजा आउने

१२ असोज, काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि अहिले दिउँसो १ः३० बजेबाट मतदान सुरू भएको छ । निर्वाचन अधिकृत डिल्ली मैनालीले निर्विरोध भएका बाहेकको पदमा मतदानबाट  नेतृत्व चयन गर्न लागिएको जानकारी दिए । एमाले मुख्यालय च्यासमा मतदानका लागि प्रतिनिधिहरू लाइनमा लागेका छन । अधिवेशन लम्बिएका कारण घर पुगेकाहरू मतदानका लागि बाटोमै छन ।

११६६  मत मध्ये १००० भन्दा बढी खस्ने अनुमान गरिएको छ । नुवाकोटका रामलक्ष्मणले विकास गरेको विद्युतिय मेसिनबाट मतदानको व्यवस्था मिलाइएको छ । मतदानका लागि चालिस वटा मेसिन तयारी अवस्थामा राखिएको लक्ष्मण रिमालले दैनिकीलाई जानकारी दिए । बीचमा कुनै विवाद नभए साँझसम्ममा मतदान सकिएर नतिजा सार्वजिनक हुनेछ ।

एमाले बागमतीको अध्यक्षमा उम्मेदवारी दिएका पाँच मध्ये अन्तिम प्रतिस्पर्धामा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल रहेका छन । उनीहरू दुबै केन्द्रीय सदस्य हुन । अध्यक्षमा उम्मेदवारी दिएका केशवराज पाण्डेको निर्वाचन आयोगले उम्मेदवारी नै लिएन भने सानुकुमार श्रेष्ठ र केशव बुढाथोकीले उम्मेदवारी फिर्ता लिएर दाहाललाई सहयोग गर्ने निर्णय गरेका छन । उनीहरूले आफ्ना प्रतिनिधिहरूलाई दाहालको पक्षमा मतदान गर्न अपिल नै गरेका छन ।

निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी नै अस्वीकृत गरेका केशवराज पाण्डेले आफू प्रदेशको अध्यक्ष रहेका कारण कसैको पक्ष वा विपक्षमा नखुल्ने बताएका छन भने उनी निकटकाहरूले कृष्ण दाहालको पक्षमा मत मागिरहेका छन । अध्यक्षका प्रतिस्पर्धी दाहाल २०४८ सालको चुनावका सबैभन्दा कान्छा सांसद हुन । सरल स्वभावका दाहालको अहिलेसम्म कुनै पनि चुनावमा हार्नुपरेको छैन ।

एमालेले टिकट दिएका सबै चुनावले उनले जितेका छन । गत निर्वाचनमा भने एमालेले कमल थापाले सूर्य चिन्हमा चुनाव लड्दा उनले टिकट पाएका थिएनन् । ढुंगेल भने २०७४ मा माओवादीले जिताइदिएको चुनावमा भन्दा बाहेको चुनावमा जित्न नसकेका उम्मेदवार हुन । पछिल्लो समय ठेकेदार पनि बनेको भन्दै पार्टी भित्र उनको आलोचना हुने गरेको छ ।

अध्ययक्षका प्रत्यासी ढुंगेल पार्टीका शीर्ष नेताको आर्शिवादमा चुनाव जित्ने विश्वासमा छन भने दाहाल प्रतिनिधिको मतमै चुनाव जित्ने विश्वासमा छन । उपाध्यक्षमा नुवाकोटका नारायण खतिवडा र चितवनका दाबा लामामध्ये एकले जित्ने सम्भावना देखिएको छ । त्यस्तै सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित र ललितपुरका नवराज सिलवालको तीव प्रतिस्पर्धा हुने अुनमान गरिएको छ । उपाध्यक्ष लामा र सचिव पाण्डित ढुंगेल समूहबाट प्रतिस्पर्धामा छन भने उपाध्यक्ष खतिवडा र सचिव सिलवाल दाहाल प्यानलबाट प्रतिस्पर्धा गर्दैछन ।

यो पनि पढ्नुहोस्

एमाले बागमती अधिवेशनः सहमतिका नाममा नेताको खल्तीबाट नाम झिकेपछि जेपीको आपत्ति

एमाले बागमती अधिवेशनः नेताले बन्धक बनाएपछि अध्यक्षको उम्मेदवारी वारेशमा

केशवराज पाण्डेको उम्मेदवारी नै दर्ता भएको छैनः डिल्ली मैनाली

एमालेमा धोकाको राजनीतिः गोकुल भन्छन, पुरा गर्न नसकिने आश्वासन कसैलाई नदिनु

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार १३:५०