२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

वैदेशिक रोजागारीकै क्रममा दैनिक तीन जना नेपालीको मृत्यु

१८ कात्तिक, काठमाडाैँ । वैदेशिक रोजागारीकै क्रमममा दैनिक तीन जना नेपालीको मृत्यु हुने गरेको पाइएको छ । चालू आर्थिक बर्षको ३ महिनामा मात्र विदेशमा २ सय १६ नेपाली युवाको मृत्यु भएको छ । सरकारबाट आर्थिक सहायता लिने परिवारको संख्या हेर्दा महिनामा मासिक औषत ७२ युवाको रोजगारीकै क्रममा मृत्यु हुने गरेको डरलाग्दो तथ्यांक देखिन्छ अाजको कारोबार दैनिकले समाचार प्रकाशन गरेको छ ।

मृतकका परिवारलाई सरकारले १५ करोड १२ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको तथ्यांक छ । आर्थिक सहायता लिने मृतकको संखया हेर्दा विदेशमा मृत्यु हुने नेपालीको संख्या बढ्दै गइरहेको छ ।

रोजगारीको क्रममा विदेशमा हुने मृत्युलाई न्यूनीकरण गर्ने कार्यक्रम प्रभावकारी हुन नसक्दा क्षतिपूर्ति र सहायता रकम बर्सेनी बढ्दै गइरहेको छ । सरकारले आवेदन दिने युवाका परिवारलाई आर्थिक सहायतास्वरुप प्रतिव्यक्ति ७ लाख रुपैयाँ दिने गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७५, आईतवार ०७:५८