अर्घाखाँचीमा नांगिएर तामासा देखाउने ३७ विदेशी पर्यटक लखेटिए
१८ कात्तिक, काठमाडाैँ । नेपाल घुम्न आएका ३७ विदेशी पर्यटक अर्घाखाँचीबाट लखेटिएका छन । अर्घाखाँचीमा पर्यटकले नाङ्गै भएर उछृंखल गतिविधि गरेपछि स्थानीय प्रशासनले उनीहरूलार्लाइ जिल्लाबाहिर पठाएको हो । स्थानीय प्रशासनको अनुमतिबिना जिल्लाको शीतगंगा नगरपालिकामा प्रवेश गरेका पर्यटकले विभिन्न बहानामा नाङ्गिएर उछृंखल गतिविधि गरेपछि स्थानीय प्रशासनले ती विदेशी पर्यटकलाई हटाएको जनाएको छ ।
शितगंगा नगरपालिका–६ गोवाङ्ग खोला र बुंची खोलाको दोभानमा स्थानीय प्रशासनको अनुमतिबिना प्रवेश गरि टेन्ट टाँगेर बसेका उनीहरुले नाङ्गै भएर नाचगान गर्नुका साथै नुहाएका थिए ।

३७ जना पर्यटकको टोली त्यस क्षेत्रमा पसेर नाङ्गिँदै उछृंखल गतिविधि गरेको गुनासो स्थानीयले गरेपछि उनीहरुलाई त्यस क्षेत्रबाट फिर्ता पठाउन प्रहरीले दुर्इ दिनसम्म काम गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए। पर्यटकको टोलीले नग्न अवस्थामा खोलामा नुहाउने, माटो दल्ने, नाङ्गै तस्विर कैद गर्ने जस्ता गतिविधि गरेका थिए ।
जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका निमित्त प्रहरी प्रमुख खिमबहादुर घमका अनुसार महिला र पुरुष पर्यटकहरु नाङ्गगै बस्ने, नुहाउने माटो दल्ने र योगा गर्ने जस्ता गतिविधि गरेको पाइएको थियो । स्थानीय बुङ्ची खोला बगरमा २५ राष्ट्रका ३७ भन्दा बढी नागरिकले उच्छृंखल गतिविधि गरिरहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल परियारको टोली घटनास्थलमा पुगेर उनीहरुलाई फिर्ता गराएको हो ।
यो पनि पढ्नुहोस्
–अर्घाखाँचीमा विदेशी पर्यटकको तमासा, नांगो नाच, नांगै स्नान, याैनअंगमा माटो दलेर योगा
प्रकाशित मिति : १८ कार्तिक २०७५, आईतवार ०७:२८












