२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

राष्ट्र बैंकले बढायो सुन आयातको कोटा, अब दैनिक २० किलो आयात गर्न सकिने

११ असाेज, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएको छ । बुधबार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई एकीकृत परिपत्र जारी गर्दै हाल दैनिक १० किलो रहेको सुन आयातको कोटा बढाएर २० किलो कायम गरेको जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन । ‘व्यतित भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन भन्नाले कुनै वर्षको एक महिना (उदाहरणको लागि साउन महिना) मा दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा त्यस्तो सुन तत् (साउन महिना) पश्चातका महिनाहरुमा आयात गर्न पाइने छैन । तर, कुनै एक महिना (उदाहरणको लागि साउन महिना) को कुनै समयसम्म दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा सोही महिना (साउन) भित्र त्यस्तो सुन आयात गर्न भने बाधा पर्ने छैन’ राष्ट्र बैंकको एकीकृत परिपत्रमा उल्लेख गरिएको छ ।

बैंकबाट सुन खरिद गर्ने व्यवसायीले आफूले बिक्री तथा उपयोग गरेको सुनको विवरण प्रत्येक महिना सकिएको सात दिनभित्र सम्बन्धित बैंकमा बुझाउनु पर्नेछ । दैनिक १० केजी सुनले बजारको माग धान्न नसक्ने भन्दै सुन व्यवसायीले कोटा बढाउन माग गर्दै आएका थिए ।

प्रकाशित मिति : September 28, 2023 at 10:46 am