५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

लुम्बिनी विकास बैंकको २ लाख बढी कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

११ असाेज, काठमाडाैं । लुम्बिनी विकास बैंकले करिब ३ लाख कित्ता सेयर बिक्रीमा राखेकाे छ । बैंकले संस्थापक सेयरधनीहरु विलबहादुर गुरुङको नाममा रहेकाे १ लाख ४६ हजार ७४८ कित्ता र विन्दुकुमार थापाको नाममा रहेकाे ५३ हजार ८९१ कित्ता गरी कुल २ लाख ६३९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। बिक्रीमा राखिएकाे उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा आवेदन दिन सक्नेछन् ।

साथै, ताेकिएकाे समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

प्रकाशित मिति : September 28, 2023 at 9:55 am