आइएमई लाइफ इन्स्योरेन्सद्वारा १० लाख बीमा दाबी भुक्तानी
१० असाेज, काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको धरान शाखाले बीमितको परिवारलाई मृत्यु बीमा दाबीबापतको रकम हस्तान्तरण गरेको हो।
आइएमई लाइफ इन्स्योरेन्स धरान शाखामार्फत २०७९ वैशाख २७ गते ५ लाख रुपैयाँ बीमांक रकमको जीवन बीमा गराएका मृतक बीमित कौशिला चेम्जोङको परिवारलाई मृत्यु दाबीबापतको रकम हस्तान्तरण गरिएको हो। बीमित चेम्जोङको बीमा गराएको १३ दिनमा नै स्कुटर दुर्घटनामा मृत्यु भएको थियो।
कम्पनीले बीमितको बुवा कृष्णलाल लिम्बूलाई बीमाबापतको १० लाख १९ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो। धनकुटा चौबीसे गाउँपालिका–७ का वडाध्यक्ष तथा धरान शाखाका प्रमुख कृष्णकुमार श्रेष्ठलगायत एजेन्सीहरुको संयुक्त सहभागीतामा बीमा दाबीबापतको चेक हस्तान्तरण गरिएको हो। दाबी भुक्तानी कार्यक्रममा एजेन्सी राजेन्द्र राई, फुलकुमारी राई, मेरिसा लिम्बू, सरिता थम्बो, सुमन श्रेष्ठ, दुर्गा लिम्बू, इन्द्रकुमारी चेमजोङ, छत्रसिं लावतीलगायत स्थानीयको सहभागी थियो।
प्रकाशित मिति : September 27, 2023 at 3:32 pm









