२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

मोहर डिजिटलको अनुमतिपत्र खारेज

९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले मंगलबार एक सूचना जारी गर्दै भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्ने गरी ३० भदौ २०७६ मा अनुमति पत्र पाएको उक्त संस्थाको अनुमति रद्द गरेको जनाएको हो ।

‘यस बैंकबाट भुक्तानी तथा फस्यौट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको देखिएकाले भुक्तानी तथा फस्र्यौट विनियमावली (प्रथम संसोधन,२०८०), २०७७ को विनियम ३५ को खण्ड (ग)को व्यवस्था बमोजिम उक्त संस्थाको अनुमतिपत्र खारेज गरिएको ब्यहोरा सम्बन्धित सबै जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’ राष्ट्र बैंकले जारी गरेकाे सूचनामा भनिएको छ ।

उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरुको प्रयोग गर्ने ग्राहकसँगको कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

प्रकाशित मिति : September 26, 2023 at 1:17 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/