१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

नेपालमा भारु १०० दरभन्दा ठूला नोट प्रतिबन्धित, भारतीय रुपैयाँ सम्बन्धी अन्य के छ व्यवस्था ?

९ असाेज, काठमाडाैं । नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ (भारु) १०० दरभन्दा ठूला नाेट प्रतिबन्धित गरेकाे छ । राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि एक सूचना सार्वजनिक गर्दै नेपालमा भारु १०० दरभन्दा ठूला दलका नोट साथमा राख्न, ओसरपसार गर्न र कारोबार गर्न प्रतिबिन्धत गरेकाे जनाएकाे छ ।

राष्ट्र बैंकले भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजार बराबरको भा.रु(१०० वा सो भन्दा कम दरका नोट मात्र) ल्याउन-लैजान सकिन्छ भन्ने यो भन्दा बढी रकम भन्सार घोषणा गर्नुपर्ने जनाएको छ ।

भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने केन्द्रीय बैंकले जनाएकाे छ। भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको यस्तो सटही सुविधा मनिचेन्जरबाट पनि लिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेकाे छ ।

कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टीटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : September 26, 2023 at 11:32 am