१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सन नेपाल लाइफको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?


२ असाेज, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा मंगलबार एक कम्पनीको आईपीओ सूचिकृत भएको छ । नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ सूचिकृत भएको हो ।

नेप्सेमा सन नेपाल लाइफको १०० रुपैयाँ अंकित दरका कुल ३ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको छ। कम्पनीको पहिलो कारोबारका लागि १५८ रूपैयाँ ४१ पैसादेखि अधिकतम ४७५ रुपैंया २३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । नेप्सेले सन नेपाल लाइफलाई ‘एसएनएलआई’ कारोबार संकेत प्रदान गरेको छ। सूचिकृत पश्चात उक्त सेयर सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको कारणले बिहीबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार १२:५९