१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

लाभांश प्रस्ताव पारित गर्न नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारण सभा

३१ भदाै, काठमाडाैं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलाएको छ। कम्पनीले लाभांश प्रस्ताव पारित गर्न  असोज २६ गते, रोयल कुश्मा रिसोर्ट, कुश्मा, पर्वतमा चौथो वार्षिक साधारण सभा बोलाएको हो। सभा दिउँसो साढे १ बजेदेखि सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १७.९३४२ प्रतिशतले हुन आउने ४ करोड ५७ लाख ३२ हजार २१० रुपैयाँ बराबरकाे नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै सभाले अन्य लघुवित्तसँगै मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले असोज १८ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेकाे छ। यसकाे अर्थ असोज १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै लघुवित्तको साधारण सभामा सहभागिता हुन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : September 17, 2023 at 4:11 pm