१५ जेष्ठ २०८१, मंगलवार | Wed May 29 2024

इसेवा र नागरिक लगानी कोषबीच सेवा विस्तारसम्बन्धी सम्झौता


२७ भदाै, काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रदायक संस्था इसेवा प्रालि र नागरिक लगानी कोषबीच सेवा विस्तारबारे सोमबार एक सम्झौता भएको छ ।

सम्झौताअनुसार नागरिक लगानी कोषका सेवाग्राहीले इसेवा एप प्रयोग गरेर नागरिक पेन्सन योजनाको मासिक भुक्तानी तथा सबै कर्जाको भुक्तानी सजिलै गर्न सक्नेछन् ।

सम्झौता पत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र नागरिक लगानी कोषका निर्देशक सीए शोभा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

हाल ८० लाख प्रयोगकर्ताको सञ्जाल रहेको इसेवा र कोषबीचको सहकार्यले नेपाल सरकारको डिजिटल नेपालको अवधारणालाई टेवा दिँदै विद्युतीय भुक्तानीलाई अभिप्रेरित गर्ने विश्वास लिइएको छ । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत ८० लाखभन्दा बढी ग्राहकले सेवा लिइरहेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार ११:०९