९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

समृद्धि फाइनान्सद्वारा नारी समूहलाई कुर्सी र डस्बिन वितरण

२७ भदाै, काठमाडाैं । समृद्धि फाइनान्सले संस्थागत सामाजिक उक्तरदायित्व अन्तर्गत पोखरा शाखाबाट कुर्सी तथा डस्बिन वितरण गरेको छ। फाइनान्सले पोखरा–८स्थित प्रगतिशील नारी समूह, पोखरा–८ लाई उक्त सामान वितरण गरेकाे हाे ।

भदौ महिनाको सामाजिक उत्तरदात्विअन्तर्गत नारी विशेष कार्यक्रम गर्ने तालिका बनाएको र सोही कार्यक्रमअन्तर्गत प्रगतिशील नारी समूहलाई १२ वटा डल्फिन कुर्सी र डस्बिन उपलब्ध गराइएको फाइनान्सले जनाएको छ।

कार्यक्रममा समूहका सदस्य, स्थानीय समाजसेवी र टोलवासीको सहभागिता रहेकाे थियाे । साथै समृद्धि फाइनान्सले भदौ महिनामा महिला विशेष अभियान चलाइरहेको छ। सम्पूर्ण महिलाले भदौमा यो फाइनान्समा समृद्धि गृह लक्ष्मी बचत खाता खोली उच्च ब्याजादरको प्रतिफलका साथै निःशुल्क डिजिटल बैंकिङको फाइदा लिन सक्नेछन्।

प्रकाशित मिति : September 13, 2023 at 9:47 am