५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

तस्बिरमा हेर्नुहोस् २० अर्बको कारोबार अनुमान गरिएको नाडा अटो शो उद्घाटन

२६ भदाै, काठमाडौं । आजदेखि ‘नाडा अटो शो २०२३’ सुरू भएकाे छ । तीन वर्षपछि नाडा अटोमोबाईल्स एशोसियशन अफ नेपाल (नाडा) को आयोजनामा नेपालको सबैभन्दा ठूलो व्यापारिक प्रदर्शनी ‘नाडा अटो शो २०२३’ सुरु भएको हाे । आज काठमाडौंको भृकुटीमण्डममा नाडाका अध्यक्ष ध्रुब थापाको अध्यक्षतामा ‘नाडा अटो शो २०२३’ सुरू भएकाे हाे । अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ औं नाडा अटो शोको उद्घाटन गरेका हुन् । याे अटो शो भदौ २६ गतेदेखि भदौ ३१ गतेसम्म ६ दिन सञ्चालन हुनेछ ।

उक्त अटो प्रदर्शनीमा ठूला तथा साना गरि करिब १२० वटा स्टल र ब्लकहरु छन् ।  उक्त प्रदर्शनीमा प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुजाका साथै राष्ट्रिय ब्राण्डका नदी सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता रहेको छ ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, सात वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता  रहेका छन् । प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई विषेश ध्यानमा राखी २– पाङग्रे, ४– पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुको छुट्टा–छुट्टै प्रदर्शन गरिएको छ । उक्त साे मा करिब २० अर्ब बढीको बुकिङ तथा कारोबार हुने अनुमान गरिएको नाडाका अध्यक्ष थापाले बताए ।

साथै, प्रदर्शनीमार्गको सवारी चाप, पार्किङ व्यवस्थापनका लागि पहिलो पटक नाडाले सटल बसको व्यवस्था गरेको छ । दुई पाङ्ग्रे सवारीका लागि भृकुटीमण्डपमा नै व्यवस्था गरिएको छ भने चार पाङ्ग्रे सवारीका लागि प्रदर्शनीमार्ग बाहिरको काठमाडौं मल, नेपाली सेनाको बाल अस्पताल भवन परिसर र पूरानो बसपार्कस्थित भ्यू टावरको पार्किङलाई उपयोग गर्ने र त्यहाँ पार्किङ गरेका अवलोकनकर्ताहरुलाई मेला स्थलसम्म ल्याउनका लागि निःशुल्क तीन वटा सर्टल बस दिनभरी सञ्चालन गरिएकाे अध्यक्ष थापाले बताए । उक्त साे अवलाेकन गर्नकाे लागि प्रतिव्यक्ति रु. २०० रुपैयाँ प्रवेश शुल्क कायम गरिएको छ । भने विद्यार्थीहरुका लागि भने प्रवेश शुल्क रु. १५० कायम गरिएको नाडाले जनाएको छ । उक्त नाडा अटो शो ७५ हजार आगन्तुकहरुले अवलोकन गर्ने आयोजकको अनुमान छ । तस्बिरः नाडा सचिवालय

Post Photo:Prakash Chandra Timilsena/Kantipur

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार १६:२७