१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आइएमई पेमा प्रथम पटक एयरलाइन्स टिकेट काट्नेलाई छुट


२५ भदाै, काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले’ एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोगमार्फत फ्ल्याटमा ५ सय क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत सेवाग्राहीले आइएमई पेमार्फत पहिलो पटक टिकट खरिद गर्दा ‘FLYIME’ प्रोमो कोड प्रयोग गरी ५०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सेवाग्राहीलाई विद्युतीय भुक्तानी माध्यममार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उद्देश्यका साथ ल्याइएको यो अफर भदौ २४ देखि सुरु भएको छ ।

पहिलो १ हजार योग्य सेवाग्राहीलाई यो सुविधा प्रदान गरिनेछ। यो अफर पहिलो पटक एयरलाइन्स टिकट काट्नु हुने सेवाग्राहीलाई सीमित अवधि लागि मात्र हो ।

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १६:१८