१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नेपाल टेलिकमले सञ्चालनमा ल्यायो टिकटक च्यालेन्ज, पहिलो हुनेले ४० हजार पाउने

२५ भदाै, काठमाडाैं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ। नेपाल टेलिकमको आधिकारिक टिकटक अकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिनेछ।

नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ। सो च्यालेन्ज हिजो भदौ २४ गतेदेखि प्रारम्भ भएको छ र आगामी असोज ७ गतेसम्म सहभागी हुन सकिनेछ।

विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ। यसअनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउनेछन्। त्यसैगरी सान्त्वना पुरस्कारका रुपमा १० जना सहभागीलाई रु. ५०० को टप अप प्रदान गरिनेछ।

नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिनसमेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको हो। यसबाट तीज पर्व थप मनोरञ्जक बन्ने कम्पनीको अपेक्षा छ।

प्रकाशित मिति : September 11, 2023 at 2:37 pm