७ असार २०८३, आइतबार | Mon Jun 22 2026

नेपाल लाइफका अभिकर्ताले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा फहराए नेपालको झण्डा

२५ भदाै, काठमाडाैं । नेपालको प्रतिनिधित्व गर्दै नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका ४ जना एजेन्सी मेनेजरले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागिता जनाएका छन्।

विश्वस्तरीय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीले आफ्नो ग्लोबल कन्फ्रेन्सम सिंगापुरमा भव्यताका साथ सम्पन्न गरेको हो। २७ देखि ३० अगस्टसम्म चलेको कार्यक्रममा विश्वभरिबाट लगभग ७ हजार ५०० जनाको उपस्थिति थियो।

नेपाल लाइफ इन्स्योरेन्सबाट नेपाललाई प्रतिनिधित्व गर्दै कार्यक्रममा रामचन्द्र गौतम, रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्रकुमारी बुढाथोकीले सहभागिता जनाएका थिए। उनीहरुले अन्तर्राष्ट्रियस्तरमा देशको झन्डा फहराउन पाउँदा आफूलाई निकै गौरवान्वित महसुस भएको र सो अवसर सिर्जना गरिदिएकोमा नेपाल लाइफ इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसरी अन्तर्राष्ट्रियस्तरमा देश र कम्पनीको प्रतिनिधित्व गर्नु गौरवको कुरा भएको बताए। यस्तो एक्सपोजरले व्यक्तित्व विकाशका साथै आफ्नो लर्निङ कर्भलाई माथि लैजान निकै सहयोग पुग्ने बताए। उनले कम्पनीले धेरैभन्दा धेरै अभिकर्तालाई एमडीआरटी बन्न उत्प्रेरणा प्रदान गरिरहेको जानकारी गराए।

‘किनकि जीवन अमूल्य’ छ भन्ने मूल नारालाई आत्मसाथ गर्दै २२ वर्षदेखि नेपालीहरुको घरदैलोमा जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० असार मसान्त सम्ममा लगानी रु. १७२ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष करिव १६३ अर्ब रुपैयाँ सञ्चित रहेको छ। कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना करिब १९२ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।

प्रकाशित मिति : September 11, 2023 at 2:27 pm