१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सानिमा रिलायन्स लाइफले घोषणा गर्याे नयाँ बोनसदर, कुन योजनामा कति ?


२२ भदाै, काठमाडौं । सानिमा रिलायन्स लाइफले बिमिततका लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/२०७९ को बीमालेखका लागि बोनसदर घोषणा गरेको हाे ।

कम्पनीले सार्वजनिक गरेको बोनसदरमा न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ । यस्तै सावधिक जीवन बीमा योजना (रेगुलर)मा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ । कम्पीनीले सावधिक जीवन बीमा योजना (एकल)मा  न्यूनतम ३५ रुपैयाँदेखि अधितम ४३ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ ।

साथै, कम्पनीले त्रिपल सावधिक बीमा योजनामा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँ, दम्पति सावधिक बीमा योजनामा प्रतिहजार न्यूनतम २० देखि ३० रुपैयाँ बाेनसदर ताेकेकाे छ ।

सावधिक तथा आजीवन बीमा योजनामा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँ, अग्रिम भुक्तानी योजनामा प्रतिहजार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ४२ रुपैयाँ र वार्षिक अग्रिम भुक्तानी योजनामा प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि २१ रुपैयाँसम्म बोनसदर कायम गरेकाे छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार १२:२०