७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

कर्जा तिरिसकेपछि कति दिनभित्र धितो फुकुवा हुनुपर्छ ? यस्तो छ व्यवस्था

२० भदाै, काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ऋण प्रदान गर्दाको सर्त बमोजिम असुल उपर गर्नुपर्ने सम्पूर्ण रकम असुल भएको पाँच दिनभित्र धितो फुकुवाको लागि सम्बन्धित कार्यालयमा पत्राचार गर्नुपर्ने जनाएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै यस्ताे बताएकाे हाे ।

राष्ट्र बैंकले वारी गरेकाे सन्देशमा भनिएकाे छ, ‘नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले ऋण प्रदान गर्दाको सर्तबमोजिम असुलउपर गर्नुपर्ने सम्पूर्ण रकम असुल भएको पाँच कार्यदिनभित्र धितो फुकुवाका लागि सम्बन्धित कार्यालयमा पत्राचार गर्नुपर्दछ । ’

सर्तबमोजिम सम्पूर्ण रकम भुक्तानी गरिसकेपश्चात यदि कुनै बैंक तथा वित्तीय संस्थाले धितो फुकुवाका लागि ढिलासुस्ती गरेमा सम्बन्धित संस्थाको गुनासो सुन्ने अधिकारी वा राष्ट्र बैंकमा गुनासो दर्ता गर्न सकिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : September 6, 2023 at 10:55 am