एनटीसीकाे १७ लाखको रिचार्ज कार्ड चोरेर ससुरालीमा लुकाउने दलबहादुर पुन पक्राउ
१५ कात्तिक, काठमाडौँ । एनटीसीकाे १७ लाखको रिचार्ज कार्ड चोरेर ससुरालीमा लुकाउने दलबहादुर पुन पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, दाङले १७ लाख रुपैयाँ बराबरको एनटीसी रिचार्ज कार्ड चोरी गर्ने दलबहादुर पुनलार्इ पक्राउ गरेकाे हाे । पक्राउ पर्ने पुन रोल्पाको माडी गाउापालिका–१ का भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
उनलाई रोल्पा प्रहरीको सहयोगमा प्युठानको स्वर्गद्वारी–७ स्थित ससुराली घरबाट पक्राउ गरिएको दाङ प्रहरी बताएकाे छ । प्रहरीका अनुसार घटना भएको २१ दिनपछि अभियुक्त पक्राउ परेका हुन् ।
पुनले केही रिचार्ज कार्ड विक्री गरिसकेको र केही कार्डहरु बरामद भएका समेत प्रहरीले जानकारी दिएकाे छ । उनीमाथि चोरी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार १२:०३