८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

भारतविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

१८ भदौ, काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा सुरुआती ब्याट्सम्यान आशिफ शेखले अर्धशतक बनाएका छन् ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा आशिफले ८८ बलमा सात चौकाको मद्दतमा ५० रन बनाएका हुन् ।

टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २७ दशमलव ४ ओभरमा चार विकेट गुमाउँदै ११८ रनको योगफल बनाउँदै खेलिरहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १७:१८