१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना हुने, विजेताले नगद पुरस्कार पाउने

१८ भदाै, काठमाडाैं । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको छ।

गरिमा क्यापिटल लिमिटेडले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले भदाै १७ गतेदेखि असाेज ५ गतेसम्मका लागी “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको हो ।

यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि क्यापिटलले केही नियम समेत तोकेको छ । सहभागीहरुले परम्परागत पोशाकमा लिएको आफ्नो फोटो गरिमा क्यापिटल लिमीटेडको आधिकारिक फेसबुक पेजको मेन्सन्समा पोस्ट गर्नुपर्नेछ ।

यस्तै, फोटो पोस्ट गर्दा निम्न ह्यासट्यागहरु समावेश गर्नुपर्नेछ:

#GarimacapitalTeejSaareemaSelfie #GarimacapitalTeej #NepaliFestival #Garimacapitallimited

यसैगरी, सहभागीले गरिमा क्यापिटल लिमीटेडको आधिकारिक फेसबुक पेज लाइक र सेयर पनि गर्नुपर्नेछ ।

अपलोड भएका फोटोमध्ये उत्कृष्ट ३ लाई प्रतियागिताको विजेता घोषणा गरी नगद उपहार दिइने क्यापिटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रथम हुनेले ३ हजार, द्वितीय हुनेले २ हजार र तृतीय हुनेले १ हजार नगद पाउने क्यापिटलले जनाएकाे छ ।

यस्तो प्रतियोगिताले तीजको समृद्ध परम्परालाई मात्र नभई हाम्रो समुदायमा एकता र उत्सवको भावनालाई बढावा दिने विश्वास क्यापिटलले गरेकाे छ ।

प्रकाशित मिति : September 4, 2023 at 2:55 pm