६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ काराेबार ?

१७ भदाै, काठमाडाैं । नेपाली बजारमा साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४७० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार ११:१८