८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

नेपालले लियाे पाकिस्तानको चौथो विकेट

१३ भदाै, काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानेले पाकिस्तानको चौंथो विकेट लिएका छन् । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध भिडिरहेको नेपालका लागि लामिछानेको पहिलो विकेट हो ।

पाकिस्तानले २८ ओभरमा ४ विकेट विकेट गुमाएर एक सय २५ रन जोडेको छ । पाकिस्तानले चौथो विकेटका रुपमा आघा सलमानलाई गुमाएको हो। उनलाई सन्दीपले क्याच आउट गराए ।

नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका थिए। करणले फखर जमानलाई विकेटकिपर आसिफ शेखबाट १४ रनमा उत्कृष्ट क्याचमार्फत् आउट गरेका थिए।

यस्तै कप्तान रोहितकुमार पौडेलले इमाम उलहकलाई ५ रनमा रनआउट गरेका थिए। विश्वकै शीर्ष वरीयताको टिमबिरुद्ध नेपालले पहिलो पावर ‌ओभरमा २ विकेट लिँदा ४४ रन खर्चिएको थियो।

यस्तै नेपालले तेस्रो विकेटको रुपमा मोहमद रिजवानलाई २३.४ ओभरमा ४४ रनमा रनआउट गर्‍यो। उनलाई दीपेन्द्रसिंह ऐरीले डाइरेक्स हिडमार्फत् रनआउट गरेका थिए।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १७:२४