२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

नौ सय साना उद्योग दर्ता, दुई सय ५९ खारेज

१३ भदौ, कलैया । घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक वर्ष २०७९/८० मा आठ सय ९९घरेलु तथा साना उद्योग दर्ता गरेको छ यसैगरी दुई सय ५९ वटा साना उद्योग खारेज गरेको छ ।

आठ सय ९९घरेलु तथा साना उद्योग दर्ता र आठ सय छ वटा उद्योग नवीकरण गर्दा कूल रु एक करोड ३४ लाख ३५ हजार सात सय ३० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले बताए ।

गत आर्थिक वर्ष साना घरेलु उद्योग ९८, वाणिज्यतर्फ ( पसल) एक सय ६१ समेत गरी दुई सय ५९ वटा साना उद्योग खारेज गरिएको थियो । चालु आर्थिक वर्ष दर्ता गरिएका उद्योगमा उत्पादनमूलक एक सय ३८ कृषि तथा वाणिज्य चार सय ७१, सेवामूलक दुई सय ८२, पर्यटन ४२, अन्य चारसमेत गरी जम्मा आठ सय ९९ उद्योग दर्ता भएका छन् ।

ती उद्योगमा चार हजार चार सय ४४ जनाले रोजगार पाएको बताइएको छ । हालसम्म दर्ता रहेका आठ सय ६६ वटा र नवीकरण भएका एक हजार ५८ वटा उद्योगसहित कूल एक हजार नौ सय ३४ वटा उद्योग सञ्चालनमा रहेको छ । आव २०७८/७९ मा महिला ८ सय १० र पुरुष नौ सय ५६ उद्यमी रहेको उद्योगमा महिला तीन हजार एक सय ६८ पुरुष सात हजार नौ सय ४६ समेत गरी ११ हजार एक सय १४ जनाले रोजगार पाएका थिए । उक्त कार्यालयले गत आबमा ब्यूटिपार्लर, सिलाइकटाई, हाउस वायरिङ, कम्प्युटर, गलैँचा, हाते कटाइबुनाई, अगरबत्ती, बाँसको मुढा बनाउनेजस्ता सीपमूलक तालिम सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : August 30, 2023 at 5:11 pm