१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

प्रेमको चक्करमा गुल्मीका कक्षा १० मा अध्यानरत  तीन किशोरीले गरे विद्यालय भित्रै विष सेवन

१४ कात्तिक,गुल्मी । गुल्मीको भगवती माध्यामिक विद्यालयका तीन छात्राले बुधबार दिउँसो एकै साथ विष सेवन गरेका छन । रेसुङ्गा नगरपालिका ११ को सिमिचौर स्थित विद्यालयमा कक्षा १० मा अध्यानरत छात्राहरुले विष सेवन गरेका  हुन् ।

रमिताले (नाम परीवर्तन ) माया प्रेमको चक्करमा पानीको बोत्तलमा विष राखेर पिएको र उनले पिएर राखेको सोही बोत्तलको पानी उनका साथीहरु सपना थापा र पार्वती बिसीले झुक्कीएर पिउँदा उनिहरु अर्धचेतन भएका हुन् ।   उनिहरुलाई उपचारको लागि पाल्पा पठाएको प्रहरीले जानकारी दिएकाे छ । विष सेवन गर्ने तीनै जना १६ बर्ष उमेरका छन् ।

घटनाका सम्वन्धमा गम्भीर अनुसन्धान हुनु पर्ने स्थानियको भनाई छ । को संग प्रेम सम्वन्ध थियो भन्नेबारे खुलेको छैन । माया प्रेम कै चक्करमा सोही गाउँकी एक किशोरीले गत वर्ष झुण्डिएर आत्माहत्या गरेकी थिईन ।

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार १७:११