बरुण हाइड्रोलाई १०० प्रतिशत हकप्रद जारी गर्न विद्युत नियमन आयोगले दियाे स्वीकृति
१० भदाै, काठमाडाैं । विद्युत नियमन आयोगले बरुण हाइड्रोपावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासनको स्वीकृति दिएकाे छ । आयोगको भदौ ७ गते बसेको बैठकले बरुण हाइड्रोपावरलाई १ः१ अनुपातमा हकप्रद निष्कासन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको शत प्रतिशत हकप्रद जारी लागेको हो । हकप्रद सेयर बिक्रीपछि बरुणको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ । कम्पनीले अब हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिका लागि निवेदन पेस गर्नेछ।
प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार १६:३६












