२८ बैशाख २०८१, शुक्रबार | Sat May 11 2024

प्रधानमन्त्री अाेलीसँगकाे भेटमा प्रतिबन्धित, अस्पतालले निकाल्याे यस्ताे विज्ञप्ति


१३ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अोलीलको स्वास्थ्य सुधारउन्मुख रहेको अस्पतालले जनाएको छ । साथै अस्पतालले शुभेच्छुकसँगकाे भेटघाटमा प्रतिबन्ध लगाएकाे छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै असप्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले यस्ताे बताएका हुन । हेर्नुहाेस विज्ञप्ति

सोमबार बिहान ४ः३० बजे महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्न भएका अोलीको स्वास्थ्य अवस्थाका बारेमा कार्यकारी निर्देशक प्राध्यापक डा उत्तमकृष्ण श्रेष्ठले विज्ञप्ति मार्फत सुधार भैरहेकाे जानकारी दिएका छन ।

अााज बिहान १०ः०० बजे अस्पतालको तर्फबाट तेस्रो विज्ञप्ति जारी गर्दै डा श्रेष्ठले अोलीको स्वास्थ्य परीक्षणका रिपोर्टहरू सकारात्मक रहेको र स्वास्थ्यस्थिति सुधार देखिएको उल्लेख गरेका छन । विज्ञप्तिको बारेमा जानकारी दिँदै डा श्रेष्ठले भने, ‘उहाँले आज ब्रेकफास्ट पनि लिनु भएको छ । दाह्री पनि काटेर बस्नु भएको छ ।’

रगतको परीक्षण र छातीको एक्सरेको रिपोर्ट सकारात्मक आएको र यही अवस्था रहे अब दुई तीन दिनमा नै प्रधानमन्त्री ओलीलाई बालुवाटार पठाउने उपचारमा संलग्न डा. अरुण सायमीले जानकारी दिए । धपेडी र आरामको कमीले प्रधानमन्त्री अस्वस्थ हुनुभएको यसअघि नै डाक्टरहरुले बताएका छन् । दसैँको बेला टीकाटालो र भेटघाटमा बढी नै व्यस्त हुनुभएकाले उहाँलाई संक्रमण देखिएको हो ।

डाक्टरहरुले भेटघाट कम गर्न र पर्याप्त आराम गर्न सल्लाह दिए पनि प्रधानमन्त्रीले पहिलेजस्तै भेटघाटलाई निरन्तरता दिनुभएको थियो । राति पनि कम सुत्नुहुन्थ्यो । मौसमी रुघाखोकीले समेत असर गरेपछि शुक्रबारदेखि उहाँको स्वास्थ्य कमजोर बन्दै गएको हो । अोलीको उपचारमा प्रा डा अरूण सायमी, प्रा डा दिव्या सिंह शाह र डा सन्तकुमार दासको टोली क्रयाशिल रहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलवार १६:३७

https://srdb.com.np/